इटहरी : इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर एवं एमाले सुनसरीका पूर्व अध्यक्ष द्वारिकलाल चौधरी औपचारिक रूपमा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
उनलाई आज (आइतबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशका लागि चौधरी खुमलटार पुगेका थिए ।
प्रदेशसभाको टिकट पाउने सर्तमा उनी माओवादी प्रवेश गरेको बताइएको छ । माओवादीले उनलाई सुनसरी क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।
चौधरीले भने एमालेमा आफूलाई आत्मसम्मान नभएकाले माओबादी केन्द्र प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।














Discussion about this post