Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

कस्ता व्यक्ति उम्मेदवार हुन अयोग्य ? यस्तो छ निर्वाचनमा उम्मेदवार बन्ने योग्यता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २०, २०७९
in निर्वाचन, समाचार
0
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता
180
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति तोकेको छ ।

मनोनयनको मिति नजिकिएसँगै आयोगले उम्मेदवार हुन चाहनेको योग्यताबारे जानकारी गराएको छ ।

आयोगका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उमेदवारको योग्यता पुगेको हुनुपर्छ ।

उम्मेदवार बन्न योग्य हुने अवस्था :

(क) नेपालको नागरिक,

(ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,

(ग) पच्चिस वर्ष उमेर पूरा भएको,

(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको  र

(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।

उम्मेदवार हुन अयोग्य मानिने अवस्था :

(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेशसरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,

(ख) निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(घ) सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ङ) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(च) यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(छ) प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेको,

(ज) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(झ) नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

मनोनयनपत्र दर्ता भएको कुनै उमेदवार अयोग्य भएमा अन्य कुनै उमेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजुरी दिन सकिने जनाइएको छ ।

Tags: निर्वाचननिर्वाचन आयोग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.