मोरङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आज (बिहीबार) मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले गरेका थिए ।
जिल्ला समन्वय समिति मोरङको कार्यालयमा मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।
मुख्य निर्वाचन अधिकृत ढुंगेलका अनुसार मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ३९ वटा निर्वाचन केन्द्र रहेको छ ।














Discussion about this post