मोरङ : मोरङमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आज (शनिबार) मोरङको कटहरी गाउँपालिका ७ हुरहुरिया स्थित लोहन्द्रा खोलामा को १ त १२३४ नंम्बरको ट्याक्टरले खोलाबाट बालुवा लिएर फर्कने क्रममा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
इन्जिनको भाग माथि उठेर दुर्घटना हुँदा ट्याक्टर चालक ३२ वर्षीय बरुण सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।












Discussion about this post