इटहरी : नेकपा एमाले प्रदेश १ का पाँचजना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आइतबार प्रदेश तथा जिल्ला कमिटीमा रहेका पाँचजना नेताले एमाले छाडेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गरेको घोषणा गर्नेहरूमा एमाले प्रदेश १ का सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश कमिटी सदस्यहरू प्रतापकुमार थापा, मधु गुरुङ र राजकुमार बस्नेत र मोरङ जिल्ला कमिटी सदस्य गीता सिवा रहेका छन् ।
पार्टीले कार्यकर्ताको भावना विपरित गतिविधि गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन् ।













Discussion about this post