मोरङ : मोरङमा प्रहरीले ब्राउनसुगरसहित दुईजना युवालाई पक्राउ गरेको छ।
पथरीशनिश्चरे नगरपालिका ९ का ३० वर्षीय सन्तोष लिम्बू र २९ वर्षीय सुनील लिम्बूलाई ब्राउनसगुरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
विशेष सूचनाका आधारमा पक्राउ परेका सन्तोषको घर खानतलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको ६ सय मिलिग्राम ब्राउनसुगर र नगद ३२ हजार ४ सय रुपैयाँ बरामद भएको डिएसपी श्रेष्ठले बताए ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post