धनकुटा : धनकुटाको धनकुटा नगरपालिका ९ चिम्सुवाबाट नियन्त्रित लागूऔषध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधबार (आज) दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शहिदभूमी गाउँपालिका ३ की ४९ वर्षीया बिष्णु कुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राईलाई ५–५ केजी लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।












Discussion about this post