इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
ठगी मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका कटहरी गाउँपालिका ३ का ५८ वर्षीय रामबहादुर भण्डारी र लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।१२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका धरान उपमहानगरपालिका ५ का ३७ वर्षीय बुद्धबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनीहरूलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।










Discussion about this post