इटहरी : नेकमा माओवादी केन्द्रका नेता तथा घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसैन नेकपा एमालेमा प्रवेश गरेका छन् ।
संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत भइसकेका हुसैनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, मुस्लिम मोर्चाका महासचिव तथा घोषणापत्र मस्यौदा समितिका सदस्य समेत रहेका हुसैनसहित नेकपा माओवादीका सुनसरीस्थित हरिनगर गाउँपालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य मोहन यादव, हरिनगर गाउँपालिका कमिटीकै उपाध्यक्ष तथा जिल्ला सदस्य चन्दन पोदार, अर्का उपाध्यक्ष एनुल साफी, हरिनगरकै गाउँपालिका कमिटी सचिव तुफेल अन्सारी र कोषाध्यक्ष सत्यनारायण मेहेता नेकपा एमालेमा प्रवेश गरका हुन् ।
Discussion about this post