धरान : धरान ८ दुर्गापथस्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
खहरेमा जमेको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका युवा सोही ठाउको गैरीगाउका अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए ।
मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो ।
मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागूऔषध र लागूऔषध प्रयोग गरी सकेपछिको खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट मुचुल्का उठाएर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा शव राखिएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।



















Discussion about this post