इटहरी : चोरी मुद्दाका फरार प्रतिवादी धरानका एक पुरुषलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
चोरी मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०६६।०४।१९ गतेको फैसला आदेशले १८ दिन कैद र ५६ हजार २५० रुपैयाँ जरिवाना तोकिएका धरान उपमहानगरपालिका १५ का ३३ वर्षीय सुमन राईलाई पक्राउ गरिएको हो ।
गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतमा उपस्थित गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post