Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३१, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)
365
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीमाथि अर्कैको नाममा रहेको जग्गा हडपेको आरोप लागेको छ ।

चौधरीले इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन हडपेर माछा पालन गरेको पाइएको हो ।

इटहरी १७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नं. ६०६ को जग्गा चौधरीले करीब दुई महिनाअघिदेखि हडपेर माछा पालन गरेका हुन् । मेयरको कार्यकाल सकिएको करीब चार महिनापछि उनले पार्टी र शक्तिको उन्माद देखाउँदै अर्कैको जग्गा हडपेको पीडितले आरोप लगाएका छन् ।

सोमबार (आज) पीडितले पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौधरीद्वारा दमन भएको बताएका छन् ।

‘हामीले आफ्नो जग्गामा आफैँ भोगचलन गर्न पाउनुपर्ने, अर्काको जग्गामा नसोधीकन र कुनै सम्झौतै नभई उहाँले हडप्नुभयो,’ पीडित प्रदीप खतिवडाले भने, ‘हामीले यो विषयमा पटकपटक जानकारी गराउँदापनि बेवास्ता गरेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको हो ।’

आफ्नो जग्गा पोखरी बनाएपछि पीडित ।

पूर्जा अनुसार २०६३ जेठ १ गते नाथुराम चौधरीको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको देखिन्छ । नाथुराम उनै द्वारिकलालका बुबा हुन् । उनीहरूले २०६३ सालमा खतिवडालाई एक कट्ठा जमिन बेचेका थिए । आफूलाई भूमिपुत्र बताउने चौधरीले अर्कैको जग्गा हडपेछि अहिले पीडितले न्याय माग गरिरहेका छन् ।

पीडित प्रदीपका छोरा अनमोलका अनुसार इटहरी उपमहानगरपालिकामा गत भदौ २७ गते निवेदन समेत दिइएको छ । सोही दिन उपमहानगरले पत्र काटेर स्पष्टीकरण सोधेपनि चौधरीले लिखित, मौखिक कुनै जवाफ दिएका छैनन् ।

अनमोलले भने, ‘जग्गा हडपेपछि हामीले इटहरी उपमहानगरपालिकामा निवेदन पनि हाल्यौँ, मेयरमार्फत गत भदौ २७ गते पत्र पठाइयो उहाँ (द्वारिकलाल) ले पत्र बुझ्न मान्नुभएन ।’ हुँदाखाँदाको जग्गा भूमाफिया शैलीमा ज्यादती गरीकन हडप्नु अस्वभाविक भएको उनको तर्क छ ।

‘घडेरी जग्गा भएकाले हामी बेलाबेला मात्रै जग्गामा जान्थ्यौँ,’ उनले भने, ‘हुँदाखादाँको जग्गा दादागिरी शैलीमा हडपेपछि हामीले उहाँलाई पटकपटक जानकारी गराएपनि वास्तै गर्नुभएन ।’

चौधरीले शक्तिको आडमा जग्गा हडपेको उनको भनाई छ ।

चौधरीले हुकुमी शैलीमा जग्गा खनेर पोखरी बनाएपछि पीडितले भने पहिलेकै जस्तो पुरिदिन माग राखेका छन् ।

‘पहिलेकै अवस्थामा गरीदिनुहुन भनी पटकपटक अनुरोध गर्दा नमानेको र उल्टै धाकधम्की दिई मेरो नामको जग्गा भोगचलन गरेको हुँदा उक्त जग्गाबाट पोखरी बनाइ मेरो जग्गा खेतीयोग्य बनाई पाउन यो निवदेन पेश गरेको छु,’ इटहरी उपमहानगरपालिकामा गत भदौ २७ गते पीडितले दिएको निवेदनमा भनिएको छ ।

यस विषयमा चौधरीसँग प्रतिक्रिया लिदाँ उनले नबोल्ने बताए । ‘त्यो विषयमा म बोल्दिन, त्यो बारेमा मलाई बोल्नु छैन,’ उनले टाकुरासँग भने, ‘त्यो विषयमा उसले मुद्धा नै हालेको छ, अदालतको फैसला पर्खिए भै गो त ।’

अहिले खतिवडाले नगरपालिकामा मुद्धा हालेकाले आफूले त्यस विषयमा नबोल्ने चौधरीले बताए । ‘नगरपालिकाको फैसला पर्खिए भै गो त, पत्रकार सम्मेलन गर्छ के गर्छ त्यो उसको कुरा हो ।’ चौधरीले भने ।

चौधरीले भनेजस्तो अदालतको फैसला पर्खिने भएपनि पीडितले अदालतमा मुद्वा नहालेको बताए । ‘हामीले पटकपटक भन्दा पनि अटेर गरेपछि उपमहानगरपालिकामा निवेदन हालेका हौँ,’ पीडित प्रदीपले भने, ‘उपमहानगरले स्पष्टीकरण सोधेपनि उहाँले पत्र नै बुझ्न नमानेको कुरा छ ।’

चौधरी इटहरी उपमहानगरपालिकाको मेयर हुँदा पटकपटक विवादास्पद छवि बनाएका व्यक्ति हुन् । नेकपा एमालेबाट ०७४ सालमा इटहरीको मेयरमा निर्वाचित भएका चौधरी केही साताअघि मात्रै नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । चौधरीलाई पार्टी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

उनलाई अहिले सत्ता गठबन्धनको तर्फबाट माओबादी केन्द्रले सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

भिडियो

Tags: टाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    156 shares
    Share 62 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.