Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ३१, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)
362
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीमाथि अर्कैको नाममा रहेको जग्गा हडपेको आरोप लागेको छ ।

चौधरीले इटहरीका प्रदीपकुमार खतिवडाको एक कट्ठा जमिन हडपेर माछा पालन गरेको पाइएको हो ।

इटहरी १७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नं. ६०६ को जग्गा चौधरीले करीब दुई महिनाअघिदेखि हडपेर माछा पालन गरेका हुन् । मेयरको कार्यकाल सकिएको करीब चार महिनापछि उनले पार्टी र शक्तिको उन्माद देखाउँदै अर्कैको जग्गा हडपेको पीडितले आरोप लगाएका छन् ।

सोमबार (आज) पीडितले पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौधरीद्वारा दमन भएको बताएका छन् ।

‘हामीले आफ्नो जग्गामा आफैँ भोगचलन गर्न पाउनुपर्ने, अर्काको जग्गामा नसोधीकन र कुनै सम्झौतै नभई उहाँले हडप्नुभयो,’ पीडित प्रदीप खतिवडाले भने, ‘हामीले यो विषयमा पटकपटक जानकारी गराउँदापनि बेवास्ता गरेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको हो ।’

आफ्नो जग्गा पोखरी बनाएपछि पीडित ।

पूर्जा अनुसार २०६३ जेठ १ गते नाथुराम चौधरीको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको देखिन्छ । नाथुराम उनै द्वारिकलालका बुबा हुन् । उनीहरूले २०६३ सालमा खतिवडालाई एक कट्ठा जमिन बेचेका थिए । आफूलाई भूमिपुत्र बताउने चौधरीले अर्कैको जग्गा हडपेछि अहिले पीडितले न्याय माग गरिरहेका छन् ।

पीडित प्रदीपका छोरा अनमोलका अनुसार इटहरी उपमहानगरपालिकामा गत भदौ २७ गते निवेदन समेत दिइएको छ । सोही दिन उपमहानगरले पत्र काटेर स्पष्टीकरण सोधेपनि चौधरीले लिखित, मौखिक कुनै जवाफ दिएका छैनन् ।

अनमोलले भने, ‘जग्गा हडपेपछि हामीले इटहरी उपमहानगरपालिकामा निवेदन पनि हाल्यौँ, मेयरमार्फत गत भदौ २७ गते पत्र पठाइयो उहाँ (द्वारिकलाल) ले पत्र बुझ्न मान्नुभएन ।’ हुँदाखाँदाको जग्गा भूमाफिया शैलीमा ज्यादती गरीकन हडप्नु अस्वभाविक भएको उनको तर्क छ ।

‘घडेरी जग्गा भएकाले हामी बेलाबेला मात्रै जग्गामा जान्थ्यौँ,’ उनले भने, ‘हुँदाखादाँको जग्गा दादागिरी शैलीमा हडपेपछि हामीले उहाँलाई पटकपटक जानकारी गराएपनि वास्तै गर्नुभएन ।’

चौधरीले शक्तिको आडमा जग्गा हडपेको उनको भनाई छ ।

चौधरीले हुकुमी शैलीमा जग्गा खनेर पोखरी बनाएपछि पीडितले भने पहिलेकै जस्तो पुरिदिन माग राखेका छन् ।

‘पहिलेकै अवस्थामा गरीदिनुहुन भनी पटकपटक अनुरोध गर्दा नमानेको र उल्टै धाकधम्की दिई मेरो नामको जग्गा भोगचलन गरेको हुँदा उक्त जग्गाबाट पोखरी बनाइ मेरो जग्गा खेतीयोग्य बनाई पाउन यो निवदेन पेश गरेको छु,’ इटहरी उपमहानगरपालिकामा गत भदौ २७ गते पीडितले दिएको निवेदनमा भनिएको छ ।

यस विषयमा चौधरीसँग प्रतिक्रिया लिदाँ उनले नबोल्ने बताए । ‘त्यो विषयमा म बोल्दिन, त्यो बारेमा मलाई बोल्नु छैन,’ उनले टाकुरासँग भने, ‘त्यो विषयमा उसले मुद्धा नै हालेको छ, अदालतको फैसला पर्खिए भै गो त ।’

अहिले खतिवडाले नगरपालिकामा मुद्धा हालेकाले आफूले त्यस विषयमा नबोल्ने चौधरीले बताए । ‘नगरपालिकाको फैसला पर्खिए भै गो त, पत्रकार सम्मेलन गर्छ के गर्छ त्यो उसको कुरा हो ।’ चौधरीले भने ।

चौधरीले भनेजस्तो अदालतको फैसला पर्खिने भएपनि पीडितले अदालतमा मुद्वा नहालेको बताए । ‘हामीले पटकपटक भन्दा पनि अटेर गरेपछि उपमहानगरपालिकामा निवेदन हालेका हौँ,’ पीडित प्रदीपले भने, ‘उपमहानगरले स्पष्टीकरण सोधेपनि उहाँले पत्र नै बुझ्न नमानेको कुरा छ ।’

चौधरी इटहरी उपमहानगरपालिकाको मेयर हुँदा पटकपटक विवादास्पद छवि बनाएका व्यक्ति हुन् । नेकपा एमालेबाट ०७४ सालमा इटहरीको मेयरमा निर्वाचित भएका चौधरी केही साताअघि मात्रै नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । चौधरीलाई पार्टी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

उनलाई अहिले सत्ता गठबन्धनको तर्फबाट माओबादी केन्द्रले सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ ।

भिडियो

Tags: टाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
FEATURE BREAKING

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

by अर्जुन उप्रेती
जेष्ठ ३०, २०८३
0

संसारको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर पुग्नु पनि संसारभरका मानिसहरूको सपना हुन्छ । तर, नेपालमा संसारलाई चकित पार्ने त्यस्ता मानिसहरू...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.