भेडेटार : भेडेटार नजिकै गुडिरहेको भ्यानमा आगलागी भएको छ ।
धनकुटाको साँगुरीगढी ६ भेडेटार नजिक चारखोलेमा सोमबार (आज) बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ ।
धनकुटाबाट धरानतर्फ तरकारी बोकेर आउँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।
गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको चालक सिरहा मिर्चैयाका अनिश दर्लामीले बताएका छन् ।
घटनामा मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post