इलाम : इलामको सूर्योदय नगरपालिका ६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका ८ का १९ वर्षीय मिककुमार तामाङ र २३ वर्षीय सेवन गुरुङ रहेका छन् ।
प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शरीरमा लुकाएर राखेको अवस्थामा ७७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post