इटहरी : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७७।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २१ दिन कैद र २ हजार रुपैयाँ जरिवाना भएका फरार प्रतिवादी सुन्दरहरैँचा नगरपालिका ६ मोरङका २३ वर्षीय बालकृष्ण मगरलाई पक्राउ गरिएको हो ।
फरार रहेका उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बिहीबार (आज) पक्राउ गरी कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post