उदयपुर : उदयपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा जिल्ला उदयपुर बेलका नगरपालिका १ इट्टाभट्टास्थित रामपुर-रुपनगर सडकखण्डमा रामपुरबाट आम्वासीतर्फ आउँदै प्र १-०२-०४६ प ४५३७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा आम्वासी बस्ने ३५ वर्षीय धन बहादुर तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको र छातीमा गम्भीर चोट लागेर उपचारका लागि विराटनगरतर्फ पठाइएकोमा बाटोमा लैजादैँ गर्दा सप्तरीको कञ्चनरुप ८ स्थित स्वास्थ्य चौकीमा चेक गर्दा ७ः३५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post