उदयपुर : उदयपुरमा गुडिरहेको मोटरसाइकल भीरबाट खस्दा एक युवकको मृत्यु भएको छ ।
बुधबार (हिजो) ७ः४५ बजेको समयमा उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ भीरबाट करीब पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सोही ठाउँका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनको शव मृत अवस्थामा भीरमा अडिक्एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँकी २१ वर्षीया इन्दिरा कार्की गम्भीर घाइते भएकी छन् । उनको कटारी अस्पतालतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post