इटहरी : उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेल नेपाली कांग्रेस प्रदेश १ को सदस्यमा मनोनीत भएका छन् ।
नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्वव थापाले सोमबार (आज) पौडेललाई प्रदेश कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेस सुनसरी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि समेत रहेका पौडेल उवासंघ इटहरीका अध्यक्ष तथा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष छन् ।
धारा १३ (६) को (झ) बमोजिम पौडेललाई कांग्रेस प्रदेश १ को सदस्यमा मनोनीत गरिएको प्रदेश सभापति थापाले बताए ।
Discussion about this post