इटहरी : आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ (क) मा लोकतान्त्रिक–बाम गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार (आज) इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो ।
संकल्प पत्रको सुनसरी २ (क) बाट उम्मेदवार रहेका द्वारिकलाल चौधरी, कांग्रेस महाधिवेशन प्रतिनिधि विकास केसी, कांग्रेस सुनसरी २ (क) का सभापति सुबेक्छु देवान राई, माओबादी केन्द्रकी नेत्री रामकुमारी चौधरी, नेकपा एकीकृत समाजवादी इटहरीका सह–इञ्चार्ज रमेश खत्री लगायतले सार्वजनिक गरेका थिए ।
संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा विकास निर्माणका कामलाई प्राथमिकता राखिएको छ ।
सुनसरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक–बाम गठबन्धनले नेपाली कांग्रेसका सीताराम मेहतालाई प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धामा अगाडि सारेको छ ।
यस्तै, प्रदेशसभा सदस्यमा सुनसरी २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरीलाई चुनावी मैदानमा अगाडि सारेको छ ।
संकल्प पत्र















Discussion about this post