झापा : झापाको बिर्तामोड–३ स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान ५ बजे स्थानिय ६० वर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिएको थियो ।
पिकअपको ठक्करबाट घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने पिकअप र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post