इटहरी : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सवारीसाधनमा माईक जडान गरी चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ ।
सवारीसाधनमा माईक जडान गरी प्रचारप्रसार गरे कानून बमोजिम कारबाही गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको हो ।
निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरूसँग छलफलका निम्ति सोमबार आयोजित एक कार्यक्रममा कार्यालयले यस्तो जनाएको हो ।
कार्यालयका अनुसार निर्वाचनलाई दृष्टिगत गर्दै मोटरसाइकल र्याली, फ्लेक्स प्रिन्टहरूको प्रयोग र अनुमति नलिएका सवारीसाधनमा झण्डाको प्रयोग समेत गर्न नपाइने भएको छ ।
आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी समेत रद्द गर्न सकिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।
कार्यालयले आचारसंहिता उल्लंघनका घटना भए आचारसंहिता अनुगमन समितिमा जानकारी गराउन आग्रह गरेको छ ।














Discussion about this post