इटहरी : सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले इटहरीको विकास परिस्थितिले भएको बताएका छन् ।
सोमबार इटहरी ६ मा चुनावी घरदैलो कार्यक्रममा बोल्दै गच्छदारले इटहरीको विकास परिस्थितिले भएको र कसैले सपना नबाँडे हुने बताएका हुन् ।
‘इटहरीको विकास आश्चर्यजनक ढंगले भएको छ, इटहरीको जनसंख्या वृद्विसँगै विकासका काम पनि भएका छन्,’ उनले भने, ‘०४८ सालमा १२ हजार भोट भएको ठाउँ इटहरीमा कहाँ थियो बाटो ? कहाँ थियो विकास ? त्यो बाटो, यो विकास विजय गच्छदारले गरिदिएको हो ?’
उनले इटहरीमा विकासोन्मुख सहर हुनु परिस्थिति भएको बताए ।
‘यो ठूलाठूला महल कांग्रेसले, एमालेले, माओबादीले बनाइदिएको हो ?’ गच्छदारले मतदातालाई प्रश्न गर्दै भने, ‘यो विकास कसैले गरेको होइन, परिस्थिति अनुसार बन्यो, संसार कहाँदेखि कहाँ पुग्यो, अब सपना बाँड्ने नै कुरा गर्ने हो भने पानीजहाज चलाउने सपना कहाँ गयो ? कसैले सपना नबाँडे हुन्छ ।’
उनले चुनावताका जनतालाई झुक्याउने खालका सपना कसैले बाँड्न नहुने बताए । उनले आँफू ०४८ सालदेखि निरन्तर चुनाव लडेको र यो अन्तिमपटक रहेको बताए ।
उनले फरक प्रसंगमा राजनीतिमा आफ्नो समकालीन नेताहरू रहेपनि पीता पुर्खा नरहेको जीवित नरहेको बताए ।
‘यो देशमा मेरा पीतातुल्य नेताहरू हुनुहुन्न, मेरा समकालीन साथीहरू ज्यूँदो हुनुहुन्छ,’ उनले भने, ‘लोकतन्त्रका लागि म ०२७ सालमा जेल परेको व्यक्ति हुँ, अब युवा साथीहरूले अनुभव र पीतातुल्य मानिसलाई मत दिन आवश्यक छ ।’
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा गच्छदार उम्मेदवार छन् भने प्रदेशसभा क्षेत्र नं. ३ (क) बाट माओबादी केन्द्रकी सरस्वती पोखरेल चुनावी मैदानमा छिन् ।
गच्छदारसँग एमालेकी भगवती चौधरी पुनः चुनावी मैदानमा छिन् । यस्तै, पोखरेलका विरुद्व एमालेका रोहित कार्की चुनावी मैदानमा छन् ।
भिडियो














Discussion about this post