झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको सामानहरू प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको एक लाख ५० हजार बराबरको मोटरपार्टसका विभिन्न सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका उक्त सामानहरूलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post