धनकुटा: धनकुटा छथरजोरपाटी गाउँपालिका ३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट गएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















Discussion about this post