इटहरी : मोरङको निर्वाचन क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङको निर्वाचन क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
आयोगको निर्णयअनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबाी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
‘मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति असोज २३ को पत्रमार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेशसभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भई आएको सन्दर्भमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहाय बमोजिम गर्ने।’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।














Discussion about this post