मोरङ : मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन् ।
सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका ८ का लिम्बूलाई टिकट दिएसँगै उनले बिहीबार (आज) मनोनयन दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई बिहीबार १ बजेसम्मको समय दिएको थियो ।
लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
यो क्षेत्रका उम्मेदवार रहेका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो ।














Discussion about this post