मोरङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको बताएकी छन् ।
थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् ।
पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन्, ‘मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन् ।’
उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् ।
उनले भनिन्, ‘पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने ? यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाईदिनुहोस् ।’
थापाले युवा पुस्तालाई जनताले निराश बनाए फेरिपनि देशको अवस्था उस्तै रहने बताएकी छन् ।














Discussion about this post