मोरङ : मोरङको निर्वाचन क्षेत्र ३ प्रदेशसभा (क) मा आज (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।
४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए ।
कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।
कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ । उम्मेदवारलाई आजै अपरान्ह चुनाव चिह्न दिइएको छ ।














Discussion about this post