इटहरी : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान हुने दिन सवारी साधन प्रयोगबारे निर्वाचन आयोगले निर्णय गरेको छ । यो सँगै आयोगले तोकेको सवारी बाहेककाले अनुमति पत्र लिनपर्ने भएको हो।
आयोगले तोकेका सवारी साधनहरूमा मतदाता ओसापसार गर्ने कार्यमा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
आयोगको निर्णयानुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, दूध बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन लगायतमा अनुमति पत्र लिन नपर्ने गरी आयोगले सहजीकरण गरेको जनाएको छ ।
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन चल्न पाइने भएको छ ।
यस्तै, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन चल्न पाइने जनाइएको छ ।














Discussion about this post