विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा रोक लगाउने भएको छ ।
आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रशासनले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ५ गते राति १२ बजेसम्म रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले आइतबार (आज) एक सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गर्न जिल्ला भरी मादक पदार्थ ओसारपसार विक्री वितरण र सेवन कार्य निषेध गरिएको जनाएको छ ।














Discussion about this post