तरहरा : इटहरी २० तरहरामा रहेको जनसहयोग माविका कार्यालय सहयोगी लाखबहादुर तामाङ (च्याङ्बा) लाई लायन्स क्लब अफ तरहरा इटहरी र लायन्स क्लब अफ इटहरी शान्तिनगरले आर्थिक सहयोग गरेको छ ।
किड्नी र पित्तथैली पीडित तामाङलाई एक कार्यक्रमको आयोजना गर्दै लायन्स क्लब अफ तरहरा इटहरी र लायन्स क्लब अफ इटहरी शान्तिनगरले आर्थिक सहयोग गरिएको हो ।
लायन्स क्लब अफ तरहरा इटहरीका अध्यक्ष मुक्तिनाथ घिमिरेका अनुसार पीडित तामाङलाई नगद ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरिएको छ ।
तामाङ लामो समयदेखि जनसहयोग माविमा कार्यालय सहयोगी छन् ।












Discussion about this post