मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने २५ वर्षीय गौतम तामाङ सहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका ५ बस्ने २६ वर्षीय आसाङ लिम्बु समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका ६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार हुँदा गौतम तामाङ सहित ३ जना घाइते भएको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरीले घटनामा संलग्न लिम्बु समेत ३ जनालाई खुकुरी सहित पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post