इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ९ हजार ४६९ मत पाएकी छन् । यस्तै, नेपाली कांग्रेसका विजयकुमार गच्छदार दोस्रो स्थनमा उक्लिएका छन् । उनले ५ हजार ३७२ मत पाएका छन् ।
यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा झरेका छन् ।
उनले ४ हजार ७२० मत पाएका छन् । ०७४ को निर्वाचनमा कांग्रेसका गच्छदारले उनै चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए ।














Discussion about this post