इटहरी : प्रदेश १ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिने भएको छ ।
सामाजिक विकास मन्त्रालयले लैङ्गिक हिंसा अन्त्यका निम्ति मंसिर ९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै मन्त्रालयले सो अभियान सञ्चालन गर्ने भएको हो ।
सरकारले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म उक्त अभियान सञ्चालन गर्दैै आएको छ ।
अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसा र बिशेषगरि महिलामाथि हुने हिंसाको अन्त्य नै रहेको मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।
Discussion about this post