उदयपुर : उदयपुरको कटारी नगरपालिका ६ साँगुरी बाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्ली गाउपालिका २ का २७ वर्षिय सरोज राई रहेका छन् ।
आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो ।
अवैध लागूऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।











Discussion about this post