तरहरा : इटहरी २० तरहरामा रहेको तरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ साधारणसभा सम्पन्न भएको छ ।
शनिबार तरहरास्थित हाँसपोसा सामुदायिक वनको सभाहलमा संस्थाले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष नगेशचन्द्र राईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, लेखा समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९।८० को वार्षिक कार्यक्रम र बजेट छलफल तथा अनुमोदन समेत गरियो ।
कार्यक्रममा सहकारी विभाग इटहरीका सुमन पौडेल प्रमुख अतिथि थिए ।
यस्तै, संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार दिनेशचन्द्र गिरी, सामना बचतका लेखा संयोजक खगेन्द्र गिरी, स्वर्गिक बचतका अध्यक्ष अमृत कुमार राई लगायतले बोलेका थिए ।
कार्यक्रम गोपाल भारतीको संयोजकत्वमा सम्पन्न भएको हो ।
Discussion about this post