इटहरी : नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ ।
केन्द्रीय अनुशासन समितिले आइतबार (आज) एक विज्ञप्ति जारी गर्दै अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन जनाएको छ ।
जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन् ।
त्यस्ता समिति गठन नभएका भए गठन गर्नसमेत केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ ।
Discussion about this post