इटहरी : सुनसरी जिल्ला भलिबल संघले १२ जनालाई सम्मान गरेको छ । आज (आइतबार) एक कार्यक्रमबीच विभिन्न १२ जनालाई सम्मान गरेको हो ।
सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रम थापाका अनुसार भलिबल क्षेत्रको उन्नतिका लागि आर्थिक सहयोग गर्ने १२ जनालाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा दुर्गा थापा, आकाश राई, दीपक काफ्ले, वीरेन सुब्बा, घनश्याम पाठक, गणेश खड्का, गजेन्द्र योङ्हाङ, देबेन्द्र गुरूङ, दिलबहादुर लिम्बू, रमेश विष्ट, कृष्णकुमार चौधरी र आशिष तामाङ रहेका छन् ।
भलिबल क्षेत्रको लागि योगदान पुर्याएको भन्दै भलिबल संघ सुनसरीले उनीहरूलाई सम्मान गरेको महासचिव माधव सापकोटाले बताए ।
Discussion about this post