बराहक्षेत्र : विश्व माटो दिवसको अवसर पारेर बराहक्षेत्र नगरपालिकामा माटो परीक्षण गरिएको छ ।
स्वास्थ्य माटोको साथ, खाद्य उत्पादनको शुरुवात भन्ने सन्देशका साथ बराहक्षेत्र नगरपालिका कार्यालयको सभाहलमा माटो तथा मल तथा परीक्षण प्रयोगशाला झुम्काले आयोजना गरेको हो ।
दिवसको अवसरमा ५८ जना किसानले ल्याएको माटो परीक्षणको रिपोर्ट उपलब्ध भएको थियो ।
कार्यक्रममा किसानहरूले अनुभव, समस्याको बारेमा बोलेका थिए ।
नगरप्रमुख रमेश कार्कीको उपस्थितिमा भएको माटो परीक्षणमा प्रदेश १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिना, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकाश सिटौला, वडा नं. १० का वडाध्यक्ष तेजबहादुर गुरुङ, बराहक्षेत्र नगरपालिकाका कृषि शाखा प्रमुख तुलसा लिम्बू लगायतको उपस्थिति थियो ।












Discussion about this post