मोरङ : मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल रहेका छन् ।
प्रहरीका अनुसार मंसिर १८ गते राति साढे ८ बजे रंगेली–३ निसान थान नजिकै भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र–नं.१–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेका मोटरसाइकल चालक पौडेलले आफूलाई केही नभएको र बाहिरी चोटपटक समेत नदेखिएपछि घरमा गएर सुतेका थिए । उनी सुतेकै अवस्थामा सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत्युको कारण दुर्घटना नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post