उदयपुर : उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी २ का ३० वर्षीय दिलकुमार थापा मगर रहेका छन् ।
आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post