इटहरी (डेस्क) : दुई छुट्टा–छुट्टै मुद्दाका फरार प्रतिवादीहरूलाई १ नं प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेनदेन बिगो मुद्दाका विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने ५५ वर्षीय महेन्द्रकुमार कामत र औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ३ माछाभौडी बस्ने २८ वर्षीय सिजन राई रहेका छन् ।
उनीहरूलाई प्रहरी टोलीले खोजतालस गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा बिगो बराबरको रकम सम्मानित अदालतमा बुझाई सम्मानित अदालतले थुना मुक्त गरेको छ भने राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।
फरार रहेका कामतको लेनदेन बिगो मुद्दामा सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७९।०६।०९ गतेको फैसला बमोजिमको बिगो रकम दाखिला नगरेको हुँदा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम सम्मानित मोरङ जिल्ला अदालतको चलानी नं. ७६३, मिति २०७९।०६।०९ गतेको पत्रानुसार १ बर्ष कैद भई बिगो नं.२५९।६४० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो ।
यस्तै, राईको भने औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।०३।२० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ३ दिन कैद र दस हजार जरिवाना भइ लगत नं. १६८९ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।














Discussion about this post