मोरङ : विराटनगरमा हिँडिरहेका बेला एक्कासि सडकमा ढलेका एकजना पुरुषको मृत्यु भएको छ ।
हिँड्दाहिँड्दै ढलेर विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५५ वर्षीय बलराम भगतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार हिँडिरहेका बेला बिहान भगत एक्कासि ढलेका थिए ।
ढलेकै ठाउँमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताएका छन् ।












Discussion about this post