मोरङ : उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्ने मधुमल्लामा कविद्वय देवान किराती र सुन्दर कुरुपले कविता सुनाएका छन् ।
मिक्लाजुङ साहित्य समाजले आयोजना गरेको सृजना अनावरणको नवौं शृङ्खलाअन्तर्गत कवि किराती र कुरुपले आफ्ना कविता सुनाएका हुन् ।
कवि किरातीले सत्य, मृत्युको गुलाब, निमन्त्रणा, पुरानो प्रेम, रोटी, ढुङ्गा हुन पाए, वर्षको अन्तिम साँझ, मन्दिर र चिहान, षड्यन्त्र शीर्षकका कविता सुनाए ।
यस्तै, कवि कुरुपले काठमाडौंको साँझ, फूलकुमारी चौक, सोल्टीनी साइँली, गितार, बाटो, बाउ, खतरनाक मान्छे, फेरि पनि शीर्षकका कविता सुनाए ।
मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योक्पाङ्देनले अनुसार आगामी दिनमा साहित्यका गतिविधिलाई निरन्तरता दिइने बताए ।







![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post