इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकी छ ।
शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको हो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।
यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।














Discussion about this post