इटहरी : पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सडक मावनको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोरङको कानेपोखरी गाउँपालिका ७ पूर्व–पश्चिम राजमार्ग कानेपोखरी जंगलस्थित तत्काल पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएको सडक मानव रहेका पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।












Discussion about this post