धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।
मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा उनले दलित समुदायको मानमर्दनमा चोट पुर्याउनेगरी ‘चमारे’ शब्द लेखेपछि विवादमा तानिएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कुनै पनि समुदायलाई ठेस पुर्याउने आफ्नो निहित उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।

‘मैले पोस्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुस्खी बनाएको रहेछ,’ आइतबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,’यसका लागि म क्षमाप्रार्थि छु । कसैलाई ठेस पुर्याउने नियतवश सो स्टाटस पोस्ट नगरेको जानकारी गराउँछु ।’
यो पनि – धरानका मेयर हर्क साम्पाङको अभिव्यक्तिप्रति ६ दलको आपत्ति (विज्ञप्तिसहित)














Discussion about this post