इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी मणिराम श्रेष्ठलाई दिइएको छ ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी २० का वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका हुन् ।
नगरपालिका संघको महाधिवेशनमा नगर प्रमुख पौडेल र उपप्रमुख सङ्गीता चौधरी काठमाण्डौं गएकाले वडाध्यक्ष श्रेष्ठलाई नगर प्रमुखको जिम्मेवारी दिइएको हो ।
पुस ११ गतेसम्मका लागि कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त भएको श्रेष्ठले बताए ।












Discussion about this post