मोरङ : मोरङको विराटनगरबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करीब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका २ का २१ वर्षीय मनिष लिम्बू र २४ वर्षीय सुरज गिरी रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post