मोरङ : एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको सयुक्त प्रहरी टोलीले चोरी मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका ४ का १९ वर्षीय शिवनाथ ठाकुर रहेका छन् ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७९्र–०१्र–०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ठाकुरलाई गाउँ घरमा नै लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ठाकुरलाई कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको प्रहरीले जनाएको छ ।












Discussion about this post